नारायणहिटी सङ्ग्रहालय आजदेखि खुल्ला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नारायणहिटी सङ्ग्रहालय आजदेखि खुल्ला


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । कोरोनाका कारण बन्द गरिएको नारायणहिटी सङ्ग्रहालय आजदेखि पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

२०६५ साल फागुन १५ गते देखि सर्वसाधारणका निम्ति पनि खुल्ला गरिएको नारायणहिटी दरबारलाई सङ्ग्रहालय ओमिक्रोनका कारण बन्द गरिएको थियो । आइतबारबाट खुल्ला गरिएको सङ्ग्रहालयमा राजपरिवारले प्रयोग गर्ने थप दुई वटा गाडीहरुपनि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोक राज पाण्डेले जानकारी दिए ।

साथै विदेश पाहुना आउँदा प्रयोग गरिने अतिथि सत्कार विभागको रोल्स रोय गाडीसमेत प्रदर्शन खुल्ला गरिएको र बिस्तारै अन्य सामाग्रीहरू पनि प्रदर्शनमा राखिँदै लगिने उनले बताए ।

संगहालयमा दैनिक करिब एक मानिसहरूले अवलोकन गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस