प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन आजबाट पुनः सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन आजबाट पुनः सुरु


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट पुनः सुरु गर्ने भएका छन् ।

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो ।

फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने बारले जनाएको छ । गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस