मुलुकको अर्थतन्त्र बारे पूर्व अर्थमन्त्री फोरममा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुलुकको अर्थतन्त्र बारे पूर्व अर्थमन्त्री फोरममा छलफल


२९ माघ २०७८, शनिबार


राजश्व समूह

काठमाडौँ । पूर्वअर्थमन्त्रीहरुले देशको वर्तमान अवस्थामा बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।  पूर्व अर्थमन्त्री फोरमको बैठक आज बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सिबिफिन) को कार्यालयमा आयोजना गरिएको थियो ।

बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए । 

बैठकमा विप्रेषण बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी, उद्यमशीलताको विकास गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयमा बृहत् छलफल भएको सिबिफिनले जनाएको छ ।

बैठकमा पूर्व अर्थमन्त्री डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्यसचिव विमल केडियाले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस