दुई जिल्लाका सिडिओ फेरिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई जिल्लाका सिडिओ फेरिए


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । 

प्रशासनलाई प्राप्त जानकारी अनुसार सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ भने सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा  पठाइएको छ । 

यससँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका प्रजिअ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस