एमसिसी पास गर्नुपर्ने काँग्रेसको निष्कर्ष « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसिसी पास गर्नुपर्ने काँग्रेसको निष्कर्ष


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन रहे पनि नरहे पनि एमसिसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले जानकारी दिएका छन् ।

आज (बिहीबार)को बैठकबाट बाहिरिँदै नेता कोइरालाले भने, बैठकमा एमसिसीका विषयमा छलफल भयो । एमसिसी पारित गर्नुपर्छ भन्ने निष्कर्ष छ ।

उनका अनुसार बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसिसीबारे भइरहेको छलफल जानकारी गराएर केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतलाई एमसिसीको विषयमा बोल्न समय दिएका थिए ।

महतको व्याख्यापछि देउवाले एमसिसीका विषयमा राम्रा-नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका केन्द्रीय सदस्य कोइरालाले जानकारी गराएका छन् ।

उनका अनुसार अमेरिकाले अनुदान दिन लागेको भन्दै सभापति देउवाले यसमा धेरै विवादित र विभाजित हुनुपर्ने आवश्यक नभएको र नेपालको हितमा रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस