लम्बोदर न्यौपानेसहित ७ जना विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लम्बोदर न्यौपानेसहित ७ जना विरुद्ध मुद्दा दायर


२७ माघ २०७८, बिहिबार


सम्पत्ति शुद्धीकरण

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष लम्बोदरकुमार न्यौपानेसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ करोड ८८ लाख २५ हजार पाँच सय १० रुपैयाँ जरिवाना र दुईदेखि १० वर्षसम्म जरिवानासहित विशेष अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।

विभागले सामाजिक संस्थाको रूपमा सञ्चालनमा रहेको कलेजका सञ्चालकहरूले संगठितरुपमा कलेजको ८ करोड रकम हिनामिना गरेको जनाएको छ । विभागले लम्बोदर न्यौपानेसहित ७ जनाको नाममा रहेको विभिन्न जग्गाहरू र बैङ्क तथा शेयरसमेतका सम्पत्तिहरू रोक्का राखेको छ । जसमा राम रत्न उपाध्याय र इन्दिरा उपाध्यायलाई दुई करोड ५० लाख ७६ हजार एक सय २५ रुपैयाँ ६ पैसा, उपेन्द्र गौतमलाई चार करोड, ५९ लाख ३४ हजार चार सय २२ रुपैयाँ ६८ पैसा र लबराज भट्टराईलाई पाँच करोड ५९ लाख ११ हजार दुई सय रुपैयाँ दुई पैसा जरिवानासहित कसुरको मात्रा अनुसार कैद दाबी गरिएको छ ।

यसैगरी सूर्य बहादुर केसीबाट भएको सम्पत्ति शुद्धीकरणको बिगो जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती प्रतिवादी प्रेम कुमारी केसीलाई दुई करोड ३४ लाख २१ हजार पाँच सय, हरि प्रसाद पाण्डेलाई दुई करोड ४३ लाख ४९ हजार दुई सय सात रुपैयाँ ३८ पैसा र प्रतिवादी दीपक प्रसाद भट्टराई बिगो जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती प्रतिवादी दीक्षित भट्टराईलाई ३६ लाख ५९ हजार जरिवाना तोकिएको छ । जसमध्ये सूर्यबहादुर केसी र दीपक प्रसादको मृत्यु भइसकेकोले कैद तोकिएको छैन । बाँकी सबै प्रतिवादिहरुको नाममा रहेका घरजग्गा र वैंकखाताहरु रोक्का गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस