परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबिच वार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबिच वार्ता


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेसागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेस गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरु गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस