३० होटेललाई क्यासिनो सञ्चालनको अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३० होटेललाई क्यासिनो सञ्चालनको अनुमति


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपालका विभिन्न ३० वटा होटेललाई क्यासिनो सञ्चालनका लागि अनुमति दिइएको छ ।

काठमाडौँका विभिन्न ९ वटा र उपत्यका बाहिरका दुई वटासहित ११ वटा पाँचतारे होटेलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन् भने १९ वटा होटेलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।

क्यासिनोको इजाजतले एउटा मात्रै होटेलमा सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेल(मिनी क्यासिनो(ले भने एउटै इजाजतले ४ वटा होटेलसम्ममा सञ्चालन गर्न पाउँछन् । क्यासिनो नियमावली २०७० आउनु अगाडि नै अनुमति पाएका तीन वटा मिनी क्यासिनो(सेन्ट्रल मिडिया, रक इन्टरनेशनल र ह्याप्पी आवरले) एउटै इजाजतबाट ४ वटा होटेलमा मिनी क्यासिनो सञ्चालन इजाजत पाएका छन् ।

क्यासिनोलाई दिएको इजाजत र नवीकरण बापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत सङ्कलन गरेको छ । पर्यटन विभागले चालू आवको ६ महिनासम्मा क्यासिनोका लागि जारी गरेको इजाजतको विवरण सार्वजनिक गरेको हो । यस्तो विवरण अनुसार चालू आर्थिक वर्षमा होटेल मेची क्राउन झापालाई मात्रै क्यासिनोको इजाजत दिएको छ भने उपत्यका बाहिरका विभिन्न ६ वटा होटेललाई मिनी क्यासिनो सञ्चालनको इजाजत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस