जिल्ला प्रशासन कार्यालयको सेवा पुनः सुरु « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

जिल्ला प्रशासन कार्यालयको सेवा पुनः सुरु


२५ माघ २०७८, मंगलबार


सिमकाेट । एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिए । स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए ।

कार्यालयले सम्पूर्ण सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने, नयाँ नागरिकता प्रदान गर्न, प्रतिलिपि दिन, अन्य सिफारिस दिन सुरु गरेको छ ।

सेवा लिँदा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, खोपकार्ड र सामाजिक दूरी कायम गरिएको हुनुपर्ने उनले बताए । सेवा बन्द हुँदा जिल्लाका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस