‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी (पूर्णपाठ सहित ) « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी (पूर्णपाठ सहित )


२४ माघ २०७८, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले अपराध अनुसन्धान तथा नियन्त्रण, सीमा सुरक्षा, आन्तरिक प्रशासनिक सुधारलगायत विषय समेटेर ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७८’ जारी गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले आज (सोमबार) मन्त्रालयमा आयोजित कार्यक्रमबीच २ सय ६ बुँदामा समेटिएको कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनामा सीमा सुरक्षादेखि गृह मन्त्रालय, त्यस मातहतका अरु निकाय, प्रहरी र सशस्त्र प्रहरीको कामकारबाहीलाई व्यवस्थित, आधुनिकीकरण र साधनस्रोतयुक्त बनाइने उल्लेख छ ।

गृहमन्त्री खाँणले कार्ययोजना कार्यान्वयनमा आएपछि गृह प्रशासनलाई थप चुस्त बन्ने र सुशासन कायम गर्न मद्दत पुग्ने दाबी गरेका छन् ।

गृह प्रशासन सुधार कार्ययोजना (पूर्णपाठ)

Tags :
प्रतिक्रिया दिनुहोस