न्याय परिषद् बैठक स्थगित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

न्याय परिषद् बैठक स्थगित


२४ माघ २०७८, सोमबार


काठमाडौँ । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद् बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बैठक बोलाएका थिए तर परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित भएको हो ।

न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको परिषद् बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस