२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ३५६ विद्यालय सिफारिस

अ+ अ-

बैतडी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यहाँबाट ३५६ विद्यालय सिफारिस भएका छन् ।

यहाँका १० वटै स्थानीय तहबाट आवेदन परेका ३५६ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।

पाटन नगरपालिकाका ५५, सिगास गाउँपालिकाका ५२, पुर्चौंडी नगरपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४०, सुर्नया गाउँपालिकाका ३८, दशरथचन्द नगरपालिकाका ३२, मेलौली नगरपालिकाका २४, पञ्चेश्वर गाउँपालिकाका २४, शिवनाथ गाउँपालिकाका २१ र डिलाशैनी गाउँपालिकाका २० विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको प्रमुख अवस्थीले बताए । उनले भने, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र छनोट गरी शिक्षा मन्त्रालयले अन्तिम निर्णय गर्छ ।’ आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।

उक्त कार्यक्रममा सफल विद्यालयमा दुई कोठे/चार कोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष यहाँका २०८ विद्यालय सिफारिस भएकामा १३० विद्यालय छनोटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस