माहानोरो । समुद्री आँधी बाटसिराई रातको समयमा भारतीय महासागरीय द्वीपमा पुगेको र यसका कारण शनिबार कम्तीमा छ जनाको मृत्यु भएको मदागस्करका अधिकारीले बताएका छन् । चक्रवातका कारण झन्डै ४८ हजार विस्थापित भएको प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी गराएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय पाओलो एमिलियो राहोलिनारिभोका जोखिम व्यवस्थापन निर्देशकले एएफपीलाई मृतकहरूको सङ्ख्या र तिनीहरूको स्थानबारे जानकारी गराए पनि थप विवरणबारे जानकारी आउने क्रम जारी रहेको भन्दै तत्काल थप सूचना दिन नसकिने बताए ।
भारी वर्षा र आँधीले प्रभावित मानिसहरूको सङ्ख्याको आधिकारिक अद्यावधिक सूचीमा कूल ४७,८८८ मानिसहरू विस्थापित भएको देखाएको छ ।