खेलकुदमन्त्री गहतराजद्वारा राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र अस्वीकार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

खेलकुदमन्त्री गहतराजद्वारा राखेप बोर्ड सदस्यहरुको ज्ञापनपत्र अस्वीकार


२० माघ २०७८, बिहिबार


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् ।

आज (बिहीबार) मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहतराजले अस्वीकार गरेका हुन्।

परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।

परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताए ।

त्यस्तै नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाए।

उनले राखेपले नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिङ्ग भइरहेको बताए । उनले खेलाडी र खेलमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस