नेपाली काँग्रेसको संस्थागत विकासका लागि बागलुङमा ५० लाखको अक्षयकोष « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपाली काँग्रेसको संस्थागत विकासका लागि बागलुङमा ५० लाखको अक्षयकोष


२० माघ २०७८, बिहिबार


बागलुङ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ ।

काँग्रेस बागलुङ क्षेत्र नं १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तीव्रता दिएको छ ।

एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख सङ्कलन भएको काँग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, सामाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षयकोष स्थापना गर्न थालेको शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस