सुनको मूल्य बढ्यो, चाँदी स्थिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, चाँदी स्थिर


२० माघ २०७८, बिहिबार


काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) बजारमा सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस