विदेश जाँदा सुर्तीजन्य पदार्थ साथमा नबोक्नू : विमानस्थल सुरक्षा कार्यालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेश जाँदा सुर्तीजन्य पदार्थ साथमा नबोक्नू : विमानस्थल सुरक्षा कार्यालय


१९ माघ २०७८, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सुर्तीजन्य पदार्थ नबोक्न सचेत गराएको छ ।

कार्यालयको सूचना हिमालय एयरलाइन्सले सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो ।

सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु राख्न पाउँदैनन् । मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटबिरुवा लैजाँदा समेत क्वारेन्टाइन कार्यालयबाट अनुमति लिएर मात्र लैजान समेत सचेत गराइएको छ ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस