डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा पूरक निवेदन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डा. गोविन्द केसीद्वारा प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा पूरक निवेदन


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दिएका छन् ।

प्रधानन्यायाधीश जबराको भाइ प्रभु शमशेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३० करोडको घरजग्गा खरिद गरेको भन्दै डा. केसीले विभागमा पूरक निवेदन दिएका हुन् ।

निवेदनमा प्रभुका नाममा २०७६ मङ्सिर २४ गते ठमेलमा ८ आना घरजग्गा र २०७९ असोज २० गते गोठाटारमा साढे तीन रोपनी जग्गा खरिद गरेको उल्लेख छ ।

डा. केसीले गत मङ्सिर ११ गते जबराको परिवार तथा आफन्तको सम्पत्ति छानबिनको माग गर्दै विभागमा निवेदन दर्ता गराएका थिए ।

आयोगले अनुसन्धान अधिकृत नै तोकेर जबराको परिवार तथा आफन्तका नाममा रहेको सम्पत्ति छानबिन सुरु गरिसकेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस