स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए आयोगका पदाधिकारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए आयोगका पदाधिकारी


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज (मंगलबार) दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोगका पदाधिकारी मंगलबार बालुवाटार जानेछन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस