हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु


१७ माघ २०७८, सोमबार


बागमती । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।

सो अस्पतालले अहिले दैनिक २५० सिलिन्डर (ठुलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निर्माण गरेको सो अस्पतालले जनाएको छ ।

अमेरिकी सरकारको सहयोगमा सङ्घीय स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिन्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिन्डर (ठुलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईँले बताए ।

अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौँडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ रहेको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको बताउँदै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारीको अवस्थामा रहेको बताइएको छ ।

हाल अस्पतालमा नौ कोरोनाका बिरामी उपचाररत रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताए । मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस