संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छ : नेता बिडारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छ : नेता बिडारी


१६ माघ २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएको बताएका छन् ।

आज (आइतबार) रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बिडारीले बाझिएको कुरा सुधार गरेर मात्रै स्थानीय तहको चुनाव हुने बताए ।

‘कानुन र संविधान बाझिएको छ,’ उनले भने, ‘यो दोस्रो चुनाव भएको हुनाले पदावधिको गणना पटकबाट हुने हो । पदावधिको गणना हुने भएकाले संविधान र ऐन बाझिएको थाहा भएको हो । संविधानसँग बाझिएका कानुन मिलाउनुपर्छ । संविधानसँग बाझिएका कानुन राखिराख्नु भएन, त्यसैले ऐन संशोधन गर्नुपर्छ ।’

संविधानले स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको भन्दै बिडारीले संविधानले दिएको अधिकार ऐनले काट्न नसक्ने बताए । ‘संविधानले भनेको दिन र संविधानले भने अनुसार चुनाव हुन्छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस