सप्तरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु


१२ माघ २०७८, बुधबार


सप्तरी । सप्तकोसी नगरपालिका–४ बलारदहमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान पौने ८ बजे फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्बरको मोटरलाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका–१० का २८ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

ट्रक र मोटरसाइकललाघ नियन्त्रणमा दिई यसबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस