बारामा विवाहको रथले किचेर २ जनाको मृत्यु, १२ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बारामा विवाहको रथले किचेर २ जनाको मृत्यु, १२ घाइते


११ माघ २०७८, मंगलबार


काठमाडौँ । बारामा विवाहको रथले किचेर गएराति दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।

रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयारी अवस्थामा रहेको वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको बताइएको छ । घाइते १२ जनामध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस