ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह


९ माघ २०७८, आइतबार


काठमाडौँ। निर्वाचन आयोगले ढिला नगरी स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ ।

स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो ।

सहसचिव एवं सह प्रवक्ता कोमलप्रसाद धमलाले २०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा, जेठको ५ गते राती १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख गरे ।

सह प्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानुनी विषय भएको भन्दै निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकाले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने बताए ।

उनले स्थानीय तहको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानुनले नदिएकाले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनु पर्ने बताए ।

आयोगले स्थानीय तहको निर्वाचन र पदावधी सम्बन्धी सबै जानकारी सम्पूर्ण राजनैतिक दलहरुलाई औपचारिक रुपमा गराइसकेको पनि बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस