चुनावबारे छलफल गर्न सत्तारूढ समितिको बैठक सुरू « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चुनावबारे छलफल गर्न सत्तारूढ समितिको बैठक सुरू


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । चुनावबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बसेको छ।

आज अपरान्ह नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक सुरू भएको हो। गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिमा पौडेल संयोजक छन्।

बैठकमा सत्तागठबन्धनका पाँच दलका दुई(दुई जना र एक मन्त्रीसहित ११ जना सहभागी छन्। वैशाखमा स्थानीय, संघीय र प्रदेशमध्ये कुन चुनाव गर्ने भन्ने छलफल गर्न आज बैठक बसेको हो।

सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले संघीय चुनाव गरिनुपर्ने प्रस्ताव राखेका छन्।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यसमा विरोध गर्दै स्थानीय तहको निर्वाचन पहिले गरिनुपर्ने बताइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस