कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । आगामी माघ १५ गते हुने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ ।

कोभिड–१९ महामारीका कारण १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस