सवारी साधनमा जोर बिजोर लागू नगर्न यातायात व्यवसायीको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी साधनमा जोर बिजोर लागू नगर्न यातायात व्यवसायीको माग


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । यातायात व्यवसायीहरूले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सुझाव दिएका छन् ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सरोकारवाला निकायहरूसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

छलफलका क्रममा यातायात व्यवसायीहरूले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस