सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो ।

सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस