काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ ।

भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिने कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

‘हामीसँग भेरोसेल खोपको मौज्दात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ काफ्लेले भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुर्नुपर्ने हुन्छ ।’

‘अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौँ,’ काफ्लेले भने ।

हाल काठमाडौँ जिल्लामा २२ वटा खोप केन्द्र खोप दिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस