उपत्यकामा आज राति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली, कस-कसलाई लागू हुँदैन ?(सूचीसहित) « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपत्यकामा आज राति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली, कस-कसलाई लागू हुँदैन ?(सूचीसहित)


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र आज (शुक्रबार) मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको हिजो (बिहीबार) बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रे सहित) जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।

सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने तीन वटै जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)लाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बीमा, वित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कूटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू नहुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस