पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ ।

कोरोना सङ्क्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज (शुक्रबार) सूचना निकालेर सबै सङ्कायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन् ।

कोरोनाका कारण यसअघि नै त्रिवि, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस