अग्रपङ्क्तिमा खटिने कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अग्रपङ्क्तिमा खटिने कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा अग्रपङ्क्तिमा रहेर नियमित सेवा दिने सबै व्यवसायी एवं कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले हिजो (बिहीबार) जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टीजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने भनिएको छ ।

यो सँगै अब बैङ्क तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस