माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। ८ गते (भोलि) का लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो ।

स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म बैठक स्थगन गरेको माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठक भने भोलि बिहान बस्नेछ ।

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरी भोलि बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

यसअघि पुस २५ गतेका लागि बोलाइएको बैठक पनि अध्यक्ष प्रचण्ड कोरोना सङ्क्रमित भएपछि बस्न सकेको थिएन।

Tags :
प्रतिक्रिया दिनुहोस