कैलालीमा प्रहरीबाटै मोबाइल चोरी, हिरासतमा राखेर छानबिन प्रक्रिया सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा प्रहरीबाटै मोबाइल चोरी, हिरासतमा राखेर छानबिन प्रक्रिया सुरु


७ माघ २०७८, शुक्रबार


कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरीले मोबाइल चोरी गरेको घटना बाहिरिएको छ । धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन प्रक्रिया थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरासतमा राखेर छानबिन थालिएको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुवै जनालाई हिरासतमा राखिएको बताएका छन् ।

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा प्रहरी खटिएको थियो। सोही क्रममा ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

हिजो मात्रै लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस