निर्वाचन आयोगद्वारा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३ दलको दर्ता खारेज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोगद्वारा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३ दलको दर्ता खारेज


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाएका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ ।

आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका दलको दर्ता खारेज गरेको जानकारी दिएको छ । यी दलले लेखा परीक्षण प्रतिवेदन बुझाएका थिएनन् । लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्ने गर्छ ।

गत साउन २० मा यी दललाई लेखा परीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो । लेखा परीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ । २०७३/७४ मा यी दल आयोगमा दर्ता भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस