नबिल बैङ्क सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नबिल बैङ्क सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए शपथ


६ माघ २०७८, बिहिबार


काठमाडौँ । नबिल बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबाट उनले बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैङ्क सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट तथा नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायतको उपस्थिति रहेको थियो ।

नबिल बैङ्कले ३७ औँ साधारण सभा सम्पन्न गरेको तथा अहिलेसम्म गरिआएको कार्यहरूलाई गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरूमा नबिल बैङ्कले अग्रणी भूमिका कायम राख्ने विश्वास व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस