उपरथी कार्कीले दिए प्रधासेनापतिविरुद्ध उजुरी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

उपरथी कार्कीले दिए प्रधासेनापतिविरुद्ध उजुरी


६ माघ २०७८, बिहिबार


काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीले प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् ।

वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थपका लागि सिफारिस गरिएपछि उनले रक्षा मन्त्रालयमा उजुरी दिएका हुन् ।

पूर्णचन्द्र थापाको पालामा कार्कीसहित खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय जंगीअड्डाले गरेको थियो । तर हालका प्रधानसेनापति शर्माले त्यस निर्णयलाई उल्ट्याएका छन् ।

कार्कीले दिएको उजुरीमा ‘सेनाको चार नम्बर उपरथीलाई पदावधी थपको पत्राचार नगरी जुनियर दुई उपथरीलाई पदावधी थपका लागि सिफारिस’ गरिएको भनिएको छ ।

विगतमा रथीको भूमिकामा रहँदा हालका प्रधानसेनापति शर्माले नै आफ्नो पदावधि थपका लागि गरेको सिफारिस उल्ट्याउनुलाई उपरथी कार्कीले ‘विशिष्ट श्रेणीको अधिकृत उपर पूर्वग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले गरिएको विधि र प्रक्रिया विपरितको कदम भएको’ भनेका छन् ।

उनले ३० माघको मन्त्रिपरिषद् बैठकमा पदावधि थपको सिफारिस पेश हुँदा वरियतामा अगाडि रहेकालाई छुटाइएकोबारे प्रश्न उठेको पनि आफूलाई जानकारी आएको उल्लेख गरेका छन् ।

सैनिक ऐन अनुसार प्रधानसेनापतिले सिफारिस गरे उपरथीको २ वर्ष पदावधि थप हुनसक्छ । पदावधि थप नभए कार्कीले यही २३ माघमा अवकाश पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस