पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि


५ माघ २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेस्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेस्ट गर्दा १ हजार ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौँ उपत्यकाका छन्, जसमा काठमाडौँका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ४७ हजार ९२९ जना सक्रिय सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस