विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित


५ माघ २०७८, बुधबार


काठमाडौँ । विशेष अदालतले कोरोना सङ्क्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको काम कारबाही मात्रै गर्नेछ ।

अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित सङ्ख्यामा छन् । आरोप पत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।

विशेष अदालतले आरोप पत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ । विशेष अदालतले थुनुवा बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस