परीक्षा हलमा संक्रमितलाई सँगै राखेको भन्दै विद्यार्थी र प्रहरीबीच घम्साघम्सी, केही विद्यार्थी घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परीक्षा हलमा संक्रमितलाई सँगै राखेको भन्दै विद्यार्थी र प्रहरीबीच घम्साघम्सी, केही विद्यार्थी घाइते


५ माघ २०७८, बुधबार


काठमाडौँ । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिए पनि अहिलेसम्म सुरु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस