सुनचाँदीको मूल्यमा वृद्धि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनचाँदीको मूल्यमा वृद्धि


५ माघ २०७८, बुधबार


काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस