विश्वव्यापी भिडन्तको नतिजा भीषण हुने चिनिया राष्ट्रपतिकाे चेतावनी « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

विश्वव्यापी भिडन्तको नतिजा भीषण हुने चिनिया राष्ट्रपतिकाे चेतावनी


४ माघ २०७८, मंगलबार


काठमाडौँ । चीनका राष्ट्रपति सि जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भिडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।

कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ । राष्ट्रपति जिनपिङले भिडन्तले समस्याको हल ननिस्कने कुराको इतिहास साक्षी भएको बताएका छन् ।

उनले कोरोना महामारीको असरसँग जुध्नका लागि साझा कोसिसको आवश्यकता पर्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले मानवताका कारण महामारीमाथि जीत हासिल गर्न सकिने पनि बताएका छन् ।

उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिको उत्कृष्ट समन्वयको पनि आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस