अफगानानिस्तानमा भूकम्पमा परेर २६ जनाको मृत्यु, दर्जनौं घाईते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अफगानानिस्तानमा भूकम्पमा परेर २६ जनाको मृत्यु, दर्जनौं घाईते


४ माघ २०७८, मंगलबार


काठमाडौँ । अफगानिस्तानमा आएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

पश्चिमी अफगानिस्तानमा ५.९ म्याग्‍निच्यूडको भूकम्प जाँदा अन्य दर्जनौं घाइते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।

क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो । भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस