आज सत्तारूढ गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज सत्तारूढ गठबन्धनको बैठक बस्दै


४ माघ २०७८, मंगलबार


काठमाडाैँ। सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । बैठक मंगलबार (आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।

सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस