मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज


३ माघ २०७८, सोमबार


ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आबद्ध सदस्यलाई मङ्गलबार कोरोना विरुद्ध बुस्टर खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो ।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताए ।

उनले भने, ‘खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ ।’

सो खोप लगभग दुई सय पत्रकारले लगाउने अपेछा गरिएको सचिव कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस