स्विडेन, फिनल्याण्ड र नर्वेमा ब्वाँसो मार्ने अभियान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

स्विडेन, फिनल्याण्ड र नर्वेमा ब्वाँसो मार्ने अभियान


३ माघ २०७८, सोमबार


स्कटहोम । ब्वाँसोको संख्या घटाउन स्विडेन, फिनल्याण्ड र नर्वेले ब्वाँसो मार्ने अभियान थालिएको छ ।

जाडोयाममा ब्वाँसोको संख्या नियन्त्रण गर्न तीन मुलुकले ब्वाँसो मार्ने अभियान अघि बढाएका हुन्।

ती मुलुकहरुमा ब्वाँसोको संख्या बढेकोले सो संख्या घटाउन तीनवटै मुलुकले ब्वाँसो मार्ने अभियान थालेको आइतबार प्रकाशित गार्जियनमा समाचार छ।

जारी हिउँदमा मात्र ब्वाँसो मार्ने वार्षिक अभियानअन्तरत स्विडेनका शिकारीले २७ र फिनल्याण्डका अधिकारीहरुले २० वटा ब्वाँसो मारिसकेको बताइएको छ।

नर्वेले भने यस हिउँदमा ब्वाँसोको कुल संख्यामध्ये ६० प्रतिशत ब्वाँसो मार्ने योजना बनाएको बताइएको छ। यद्यपि, वन्यजन्तु संरक्षकहरुले भने स्विडेन, फिनल्याण्ड र नर्वेले चालेको कदमप्रति आपत्ती जनाएका छन्।

ब्वाँसोलाई लोपोन्मुख मानिएको पश्चिमी युरापेली मुलुकमा पछिल्लो समय ब्वाँसोको संख्या घटाउन ब्वाँसो मार्ने कदम आपत्तिजनक रहेको संरक्षकहरुले बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस