फुटबल विकासको लागि एन्फा र साफबीच सम्झौता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फुटबल विकासको लागि एन्फा र साफबीच सम्झौता


३ माघ २०७८, सोमबार


काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ ।

सम्झौता अनुसार दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्ने वा भ्रमण गर्नेछन् ।

यस्तै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूह (यू–१७, यू–२०, यू–२३) को ट्रेनिङ क्याम्पहरू पनि समावेश हुनेछन् ।

एन्फा र साफबीच रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र विभिन्न प्रतियोगितामा रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुनेछ।

यसैगरी युवा फुटबलको विकासमा विशेषज्ञता स्रोत साझेदारीलाई समर्थन र प्रोत्साहन गर्न विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू पनि सञ्चालन गरिनेछ। एन्फाका अध्यक्ष शेर्पा हाल साउदी भ्रमणमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस