ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा खसेर मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा खसेर मृत्यु


३ माघ २०७८, सोमबार


काठमाडौँ । सर्लाहीमा गोडैता नगरपालिका–४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस