सकियो राष्ट्रिय सभा निर्वाचनको मतपत्र छाप्ने काम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सकियो राष्ट्रिय सभा निर्वाचनको मतपत्र छाप्ने काम


३ माघ २०७८, सोमबार


काठमाडौँ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छाप्ने काम सकिएको छ ।

करिब २५०० मतपत्र छापिएको आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।

आयोगका अनुसार छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाइने भएको छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस