च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण, पुलिसविरुद्धको खेल स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण, पुलिसविरुद्धको खेल स्थगित


२ माघ २०७८, आइतबार


काठमाडौँ । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (आइतबार) हुने भनिएको च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ ।

च्यासलका १९ खेलाडीमा कोरोना पुष्टि भएको छ । आफ्ना खेलाडीलाई कोरोना पुष्टि भएपछि च्यासलले आजको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई आग्रह गरेको हो ।

मेडिकल कमिटीको सल्लाहमा एन्फा लिग कमिटीले आजको खेल स्थगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ चाँडै तय हुने एन्फाले जनाएको छ ।

यसअघि आठौँ चरणमा पोखरामा मनाङ मर्स्याङ्दीविरुद्धको खेल खेलेर काठमाडौँ फर्किएपछि च्यासलका दुई खेलाडीमा कोरोना देखिएको थियो ।

खेल तालिकाअनुसार च्यासल र पुलिसको खेल आज दिउँसो ४ः४५ बजेका लागि तय भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस